कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टोली क्रिकेट खेले

६ बर्ष अगाडि

नेपाल भ्रमणमा रहेका भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्करले शनिबार दिउँसो टीयू मैदान कीर्तिपुरमा क्रिकेट खेलेका छन् ।  

सचिन र नेपालका पूर्व कप्तान एवं प्रशिक्षक विनोद दासको टोलीले आठ ओभरको मैत्रीपूर्ण सद्भावना क्रिकेट खेल खेलेको हो ।

संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पूरा भएको अवसरमा यूनिसेफले नेपालमा मैत्रीपूर्ण क्रिकेट आयोजना गरेको हो ।

बालअधिकार सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले आयोजित प्रतियोगितामा सचिनको टोली नौ विकेटले विजयी भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको विनोद दासको टोलीले निर्धारित आठ ओभरमा चार विकेटको क्षतिमा ४४ रन बनाएको थियो ।

४५ रनको विजयी लक्ष्य पछ्याएको सचिनको टोलीले ६ ओभरमा एक विकेटको क्षतिमा विजय लक्ष्य पूरा गरेको थियो ।

सचिनले मैदानमा ब्याटिङ, बलिङ र विकेटकिपरको तीनवटै भूमिका निभाएर समर्थकलाई मनोरञ्जन दिए ।

सचिनले सात रन बनाएर अन्य खेलाडीलाई मौका दिएका थिए ।

अन्तिम बलमा चौका हानेर सचिन बाहिरिए । नेपालका विनोद दासले एक विकेट लिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया