नवीन कलाश्री पुरस्कार मानन्धरलाई

६ बर्ष अगाडि

कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराले नवीन कलाश्री पुरस्कार पहिलो पटक वरिष्ठ कलाकार किरण मानन्धरलाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशि  ५० हजार र ताम्रपत्र रहेको छ ।

गोपाल श्रेष्ठ संयोजक रहेका प्रतिभा छनौट समितिले वरिष्ठ कलाकार मानन्धरलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । कला क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिलाई प्रत्येक दुई वर्षमा सो पुरस्कार प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष नीरज कायस्थले जानकारी दिए ।

वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थले सिर्जना गरेको  समुन्द्रसतहदेखि हिमालपारिसम्मको चित्रकला समेटिएको कलायात्रा–७६ को मङ्सिर १ गतेदेखि नेपाल आर्ट काउन्सिल बबरमहलमा हुने प्रदर्शनीका अवसरमा उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सदस्य केदार धमलाले जानकारी दिए । प्रदर्शनीमा कलाकार कायस्थका पानी एवं एक्रेलिक रङका भूदृश्य र अमूर्त गरी ७६ चित्र रहने जनाइएको छ ।     
  
 

६ बर्ष अगाडि

प्रतिक्रिया