रुप ज्योति छुटे

६ बर्ष अगाडि

उद्योगी रुप ज्योतिलाई हाजिर जमानीमा रिहा भएका छन् । उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् ।

उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार नै हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेखेको थियो ।

सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले भने ‘हामीले मुद्दा नचलाउने निर्णय गरेका छौं, अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयले गर्ने हो त्यसका लागि हामी उच्च सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालयमा अनुरोध गरेको छौं । मुद्दा नचल्ने भएपछि थुनामा राख्न मिल्दैन यसकारण महान्यायाधिवक्ता कार्यालयबाट निर्णय नहुञ्जेलसम्म हाजिर जमानामा छाड्न प्रहरीलाई पत्राचार गरेको छौं’ उनले भने ।

६ बर्ष अगाडि

प्रतिक्रिया