कहिले पुग्ला धितोपत्र अध्यक्षको नाम अर्थ मन्त्रालय ? संयोजक भन्छन् 'हतारमा कच्चा काम गर्दैनौं'

६ बर्ष अगाडि

सिफारीस समितिले समयमै काम गर्न नसक्दा नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाउने विषय अन्यौलमा परेको छ । 

समिति गठन भएको एकसाता सम्म औपचारिक बैठकसम्म पनि बस्न नसकेपछि बोर्डको अध्यक्ष छनौट अन्यौलमा परेको हो ।निवर्तमान अध्यक्ष डा।रेवतकुमार कार्कीले गत असोज ४ गते अवकाश पाएपछि सरकारले २० कात्तिकमा अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङगाना र नेपाली चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्ण प्रसाद आचार्य सहितको तीन सदस्यीय समितिले तीन जनाको नाम सिफारीस गर्ने जिम्मेवारी पाएको छ । 

तर समिती गठन भएको एक साता बितीसक्दा पनि  कार्यकारी अध्यक्षका उमेद्वारको नाम सिफारीस गर्नुको साटो समितिको बैठक सम्म बस्न सकेको छैन । उक्त समितीका संयोजक रहेका राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले अहिलेको शेयर बजारमा आएको चुनौतीलाई  ‘फेस’ गर्न सक्ने क्षमता भएको उमेद्धवार छान्नलाई पुराना मापदण्डलाई पुरानावलोकन गरिरहेको कारणले नाम सिफारीस गर्न केही समय ढिला भएको बताउँछन् । 

समिती नयाँ मापदण्ड बनाउन लागिपरिरहेकाले उक्त मापदण्ड बने पश्चात त्यही अनुरुप कामहरु अघि बढाउने बताए । केही दिन अघि अनौपचारिक बैठक बसेर नयाँ मापदण्ड बनाउने विषयमा सल्लाह गरेको उनको भनाई छ । ‘छिटो भन्दा छिटो अध्यक्षको नाम सिफारीस गर्नु हाम्रो जिम्मेवारीको कुरा हो तर छिटो गर्ने नाममा कच्चा मापदण्ड बनाएर त भएन’, आजको अर्थसँग कुरा गर्दै उनले भने ‘त्यसैले हामीले गहन अध्यानका साथ भोलीका दिनमा पनि काम गर्न सक्ने दह्रो सिस्टम बसाल्ने अभियानमा छौं ।’

समितीका सदस्य रहेका नेपाली चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष कृष्ण प्रसाद आचार्य  केही समयका लागी नेपाल बाहिर रहेकाले औपचारारिक रुपमा बैठक बस्न ढिला भएको उनको भनाइ छ ।आचार्य नेपाल फर्किए लगत्तै नयाँ नेतृत्व चयनका विषयमा समिती द्रुत गतिमा अघिबढ्ने फुयाँलले जानकारी दिए । आइक्यानका अनुसार उनी मंसीर १ गते नेपाल फर्किनेछन् । अब समितीले मापदण्ड बनाएर अहिले सम्मको संसदिय अभियास अनुसार आकांक्षीहरुलाई निवेदन आह्वान गरि योग्य तीन जनाको नाम अर्थ मन्त्रालयमा पठउने संयोजक फुँयालले बताए । 

नेतृत्व चयनका विषयमा बजारमा हल्ला चलेजस्तो राजनीतिक चलखेल नहुने उनको दावी छ । ‘बोर्ड राजनीति गर्न जाने ठाँउ होइन, त्यो क्षेत्रमा राजनिती भन्दा पनि योग्यताको कदर हुन्छ’, उनले भने । बोर्डको अध्यक्ष बन्नलाई स्नातकोत्तर तह सकेर  धितोपत्र बजार व्यवस्थापन र पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य,  व्यवस्थापन वा कानुनी क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनु पर्ने कानुनी व्यवस्था रहेको छ ।

बोर्डका अध्यक्षको प्रमुख दाबेदारका रुपमा भिष्मराज ढुंगाना, बासुदेव अधिकारी, टंक पनेरु र निल सारु मगरको चर्चा छ ।  नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भईसकेका ढुंगाना हाल ९सेबोन० का विज्ञ सदस्य हुन त्यस्तै अर्का दाबेदारका रुपमा रहेका टंक पनेरू नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष हुन् । अध्यक्षका लागी अर्का दाबेदार निलबहादुर सारु मगर  ९सेबोन० का पूर्व विज्ञ सदस्य हुन् । त्यस्तै  बासुदेव अधिकारी नेपाल बैंकका अध्यक्ष रहेका छन् ।

तर श्रोत अनुसार  अध्यक्षमा उनको नाम चर्चामा रहेपनि उनी प्रतिस्पर्धाबाट बाहिरीइसकेका छन् ।अब बन्ने अध्यक्षको लागि विगत ४ वर्ष देखी निरन्तर ओरालो लागेको सेयर बजारमा लगानीकर्ताको पूँजीबजार प्रतिको विश्वाश बढउने ठूलो चुनौती रहेको छ । 

यता शेयर बजारमा आएको गिरावट र उता राजनीतिक चलखेलका कारण योग्य अध्यक्ष आउन नसक्ने भन्दै लगानीकर्ताहरुले नियुक्ति प्रक्रियामा हुनसक्ने चलखेलमा सचेत रहन अर्थमन्त्रालयलाई दबाब दिइरहेको  अवस्थामा सरकारले अध्यक्ष  नियुक्ति प्रक्रियामा कस्तो कदम चाल्छ भन्ने सबैमा  चाँसोको विषय बनेको छ । 

पद खाली भएपछि दैनिक कार्यसञ्चालनमा समस्या आएको भन्दै अर्थ मन्त्रालयले बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेललाई १५ कात्तिकमा नयाँ अध्यक्ष नियुक्त नहुन्जेल धितोपत्र बोर्डको नेतृत्वको जिम्मा दिएको थियो । तर वास्तविक अध्यक्ष चाहियो भन्दै लगानीकर्ताहरुले चैतर्फी दबाब दिएसँगै मन्त्रालयले नयाँ नेतृत्व चयनका लागि कात्तिक २० गते तीन सदस्यीय समिती गठन गरेको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया