काठमाडौं । भारतीय बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा २६ प्रतिशतले घटेको भन्दै हावादारी विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको असोजसम्म युनिभिरले रु २४ करोड ६३ लाख मात्र नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा युनिलिभरले रु ३३ करोड ४५ लाख खुद नाफा गरेको थियो ।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमाशिक वित्तीय विवरणमा नाफा रु ८ करोड ८२ लाख घटेको उल्लेख छ । कम्पनीको कुल कारोबार रकम १४ दशमलव ६ प्रतिशत बढेपनि लोअर इलिडा सर्भिस र अन्य खर्च बढेपछि यसको असर नाफामा परेको युनिलिभरले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा युनिलिभरले रु १ अर्ब ७३ करोड ८० लाख कारोबार गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु १ अर्ब ५१ करोड ६८ लाख कारोबार गरेको थियो ।
नाफामा कमी आएपछि युनिलिभरको प्रतिसेयर आम्दानी घटेर रु १ हजार ६१ मा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु १ हजार १२१ थियो ।
प्रतिसेयर खुदसम्पत्ति पनि घटेर रु २ हजार ४३१ मा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु २ हजार ७९२ थियो ।
प्रतिक्रिया