कुमारी बैंकको तीन महिनाको नाफा ४० करोड

६ बर्ष अगाडि

काठमाडौं – शेयर बजारमा आशातित कारोबार हुन नसकेको  कुमारी बैंकले गत वर्षको भन्दा १४ दशमलव २४ प्रतिशतले नाफामा सुधार गरेको छ । तीन महिनाको अवधिमा रु ४० करोड १६ लाख नाफा आर्जन गरेको बैंकको प्रतिशेयर आम्दानी मात्रै रु १६ रहेको छ ।

बैंकले निक्षेप संकलन ६ दशमलव ९६ प्रतिशत र कर्जा लगानी ५ दशमलव ७९ प्रतिशतले बढ्दा खुद व्याज आम्दानीमा १२ दशमलव ३४ प्रतिशतले सुधार आएको छ । खुद व्याज आम्दानी रु ९१ करोड ८५ लाख आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बेंकले रु ८१ करोड ७६ लाख आम्दानी गरेको थियो ।

असारदेखि असोजसम्मको अवधिमा रु ७८ अर्ब ३० करोड निक्षेप संकलन गरी रु ७७ अर्ब २४ करोड कर्जा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा रु ७१ अर्ब २० करोड  निक्षेप संकलन गरी रु ७३ अर्ब एक करोड लगानी गरेको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया