कुसोममा एनआइबिएल

६ बर्ष अगाडि

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा व्रिस्तारित काउन्टर खोलेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, काठमाडौँ युनिभर्सिटिका रजिस्ट्रार सुवोध शर्मा र कुसोमका डिन विजय केसीले उक्त विस्तारित काउन्टर उद्दघाटन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । केयू परिसरमा विस्तार भएको काउन्टरबाट दुई प्रतिस्ठानविच दिर्घकालीन साझेदारीको महत्वलाई प्रकाश पार्ने बैंकले जनाएको छ । उक्त एक्सटेन्सन काउन्टरमार्फत विश्वविद्यालयको कर्मचारी, विद्यार्थी र अध्यापकलाई विशिष्टीकृत वित्तिय सेवा उपलब्ध गराई दुई प्रतिस्ठानबिच समन्यव बढाउने बैंकको विश्वास छ । 

हाल बैंकले ८२ शाखा, एक सय २४ एटिएम, १५ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५५ शाखारहित बैकिङ काउन्टर तथा २७ सय ३६ प्वाइन्ट अफ सेल्स केन्द्रमार्फत सेवा दिदैँ आएको छ ।  

६ बर्ष अगाडि

प्रतिक्रिया