कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ बाट ६० कायम गर्न सहमती

६ बर्ष अगाडि

लामो छलफल र बहसपछि निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष कायम गर्न संसदीय समितिमा सहमति जुटेको छ। निजामती सेवाका कार्मचारीहरुको अनिवार्य अवकाशको उमेर हद ५८ बर्ष रहेको छ ।

 नेपालीको औशत आयु वृद्धि भएको, न्याय, स्वास्थ्य र प्राध्यापन सेवामा ५८ भन्दामाथि उमेर हद रहेको तथा अन्तर्राष्ट्रिय अभ्यास समेतलाई ध्यान दिएर आजको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उमेर हद वृद्धि गर्ने प्रस्तावमा सहमति भएको हो।

समितिबाट पारित मस्यौदामा विसं २०१८ मा जन्मेका कर्मचारी ५८ वर्ष छ महिना उमेर पुगेपछि, विसं २०१९ मा जन्मेका ५९ वर्ष पुगेपछि, विसं २०२० मा जन्मेका कर्मचारी ५९ वर्ष छ महिना र विसं २०२१ मा जन्मेका कर्मचारीले ६० वर्ष उमेर पुगेपछि अवकाश पाउने प्रतिबन्धात्मक व्यवस्था गरिएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने हालको ५८ वर्ष उमेरलाई नै अवकाशको उमेर हद मान्न चाहेको थियो। सो मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले एकै पटक सबैलाई लागू गर्दा बढुवामा असर पर्ने, नयाँ भर्ना रोकिने, र निवृत्तिभरणमा बढी भार पर्ने भएकाले सेवामा आउने र बिदाइ हुनेको मात्रा मिलाउन प्रतिबन्धात्मक प्रस्ताव गरिएको बताए।

६ बर्ष अगाडि

प्रतिक्रिया