बाबुरामले भने, ‘नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा'

६ बर्ष अगाडि


समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालको कम्युनिस्ट आन्दोलनलाई ‘कुहिरोको काग’को संज्ञा दिएका छन् । 

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरु विश्वव्यापी रुपमा असफल भएपछि नेपालको कम्युनिस्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको उन को भनाइ छ ।

उनले बिहीबार आफ्नो पार्टीको संघीय परिषद बैठकमा कार्यपत्र प्रस्तुत गर्दै भनेका छन्, ‘एकातिर उनीहरुले माक्र्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन् । अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरुमा व्यापक अन्यौल, अविश्वास, निरासा र हिनताभास छ ।’ 

यही वैचारिक संकटबीच उनीहरुले आफूलाई ‘दार्शनिक तथा वैचारिक कम्युनिष्ट नभएर केवल राजनीतिक रुपमा मात्र कम्युनिष्ट’ भएको बुुझिदिन आग्रह गर्दै आएको डा। भट्टराईको भनाइ छ ।

एकातिर लोकतन्त्रप्रतिको आफ्नो निष्ठामा शंका नगर्न अनुनय विनय गर्ने र अर्कोतिर ‘कम्युनिस्ट–कम्युनिस्ट’ को नाममा सामीप्यता र आडभरोसा खोज्न पनि नछाडेको उनको आरोप छ । नेपालको कम्युनिस्ट आन्दोलन वैचारिक रुपले अँध्यारो सुरुङभित्रको यात्रा गरिरहेको टिप्पणी गर्दै उनले आउँदा केही वर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख रहेको बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया