प्रहरीले किन्यो ५५ मिटर टाढा फाेहाेरा हान्न सक्ने 'वाटर क्यानोन'

६ बर्ष अगाडि

उत्तेजित भिड तथा अग्नी नियन्त्रणका लागि नेपाल प्रहरीले  ५ वटा ‘वाटर क्यानोन’ खरिद गरेकाे छ  । 

५५ मिटरको दुरीसम्म फाेहाेरा हान्न सक्ने ‘अपर क्यान’  र ३० मिटरको दुरीसम्म पानीको फोहरा फाल्न सक्ने ‘लोअर क्यान’काे बिहीबार प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा परीक्षण एवम् प्रदर्शनी भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए।

उक्त अवसरमा ‘वाटर क्यानोन’द्वारा सेल्फ स्प्रे प्रदर्शन, ५५ मिटर दुरी तथा ३० मिटर दुरीमा पानीको फोहरा प्रदर्शन र भिडमा सहभागीको पहिचान हुन सहज होस् भन्न प्रयोग गरिने विभिन्न रङयुक्त फोहरा प्रयोग प्रदर्शन भएको थियो ।

प्रहरीसँग यसअघि एउटा मात्र ‘वाटर क्यानोन’ थियो ।

उत्तेजित भिड तथा अग्नी नियन्त्रणमा प्रयोग हुने प्रत्येक नयाँ ‘वाटर क्यानोन’मा १८ वटा अश्रु ग्याँस सेल र ७ हजार ४ सय लिटर पानी अट्ने क्षमता रहेको छ ।

‘वाटर क्यानोन’मा ‘अपर क्यान’ र ‘लोअर क्यान’ रहेका छन् ।

‘अपर क्यान’मा ५५ मिटरको दुरीसम्म र ‘लोअर क्यान’मा ३० मिटरको दुरीसम्म पानीको फोहरा फाल्न सक्ने क्षमता रहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया