नेपाली महिला भलिबल टोलीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
बंगलादेशको ढाकामा शनिबार भएको फाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल च्याम्प्यिन बनेको हो ।
नेपाली महिला भलिबलमा यो पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि हो ।
ऐतिहासिक उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्सलमाथि २५–१३, २५–१२, २५–८ को सहज जित निकालेको थियो ।
अपराजित रहँदै उपाधि जितेको नेपालले लिग चरणमा माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई हराएको थियो ।
प्रतिक्रिया