प्रथम चौमासिकको ७.१ आर्थिक वृद्धि प्रतिशतमात्रै हुने

६ बर्ष अगाडि

उच्च आर्थिक बृद्धिको लक्ष्य सहित चालु आर्थिक बर्षको बजेट सार्वजनिक गरेका डा. युवराज खतिवडा असफल देखिएका छन ।

खतिवडाले गत जेठ १५ मा ल्याएको बजेटमा चालु आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेका थिए । तर प्रथम त्रैमासमा ७.१ प्रतिशतको मात्रै आर्थिक वृद्धि हुने प्ररम्भीक विवरण सार्वजनिक भएको छ । प्रथम त्रैमास सकिँदा कुल बजेट खर्च ११.६१ प्रतिशत हुँदा ४.४१ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ ।

सरकारले व्यापार घाटा सन्तुुलनमा राख्न सफल भएको भनिए पनि औधोगिक कच्चा पदार्थको आयातमै कमि आएको र यस्तो हुनु अर्थतन्त्रका लागी सुखद नहुने अर्थविदहरु बताउछन । अन्तराष्ट्रिय दातृ निकायले नेपालले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशत हाराहारीमा आर्थिक बृद्धिदर गर्ने प्रक्षेपण सार्वजनिक गरेका छन् । यो वर्ष धान उत्पादनमा कमी आएको तथ्यांक कृषि मन्त्रालयले सार्वजनिक गरेको छ । जसले आर्थिक बृद्धिदर घटाउन मद्दत पुर्याउछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया