इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ ।
ढाकामा नेपालले दिएको १९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
भारतका सन्भिर सिंह र अरमान जाफरले अर्धशतक पुरा गरे । सन्दिर ५६ रनमा आउट हुँदा जाफरले ५१ रन बनाए । बेलुर रवि शरत भने मात्र १ रनले अर्धशतक बनाउन सकेनन् ।
खेलमा करण केसी, ललितनारायण राजवंशी र सुशन भारीले १र१ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४।५ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनायो । नेपालका लागि शर्राफले सवार्धिक ५६ रनको पारी खेले ।
नेपालको सुरुवात भने खराब रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल दास्रो बलमा खाता नै नखोली आउट भए । तर शरद भेषावकर र कुशल भुर्तेलले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले दोस्रो विवकेका लागि ५४ रनको साझेदारी गरे ।
भारतका शौरभ दुवेले ४ र एस राठौरले ३ विकेट लिए ।
प्रतिक्रिया