उद्योगी रूप ज्योतिविरुद्ध ठगी अभियोगको उजुरी दिने विज्ञेन्द्रकृष्ण मल्लले ज्योतिविरुद्धको जाहेरी फिर्ता लिने भएका छन् ।
प्रहरीले ज्योति र उनको परिवारलाई पक्राउ गरी अदालतको आदेशअनुसार म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले अनुसन्धान जारी राखेकै बेला मल्लले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत आफू मिलापत्र गर्न तयार रहेको भन्दै जाहेरी फिर्ता लिन चाहेको बताएका छन् ।
मल्लले ल्याण्डमार्क डेभलपर्सको नाममा ज्योतिले आफूलाई ठगी गरेको भन्दै दिएको उजुरीका आधारमा प्रहरीले ज्योति र उनका परिवारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
मल्लको उजुरीकै आधारमा प्रहरीले रूप ज्योतिका दाइ पद्म ज्योति, छोरीलगायत परिवारका ११ जना सदस्यविरुद्ध अनुसन्धान गरिरहेको छ ।
आफूहरू मिल्न तयार भएको तर कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेको मल्लले बताए ।
प्रतिक्रिया