यस बर्षको एनएस गुणस्तर अवार्डबाट शिवम सिमेन्ट्स सम्मानित भएको छ ।
नेपाल नापतौल तथा गुणस्तर विभागले शिवमलाई उक्त अवार्ड प्रदान गरेकोे हो । विभागले आज एक कार्यक्रमको आयोजना गरी उद्योगलाई ‘एनएस गुणस्तर अवार्ड २०१९’ प्रदान ग¥यो ।
तीनवटै अवार्ड सिमेन्ट
उद्योगलाई विभागले हरेक वर्ष प्रदान गर्ने गुणस्तरसम्बन्धी तीन वटै अवार्ड यो बर्ष सिमन्ट उद्योगहरुले पाएका छन् ।
प्रथम एनएस गुणस्तर अवार्ड शिवम सिमेन्टसले पायो भने द्धितिय र तृतिय अवार्ड क्रमस मारुती सिमेन्टस् र जगदम्वा सिमेन्ट्स मिल्स प्रा.ली.लाई प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी उधोग , वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले आम उपभोक्तामा आएको जागरुकता, राज्यमा बढ्दै गएको संवेदनशिलता र प्रबिधीको विकासका कारण गुणस्तरका मानकहरुमा परिवर्तन आएको बताए ।
उनले भने, ‘सिमेन्टको गुणस्तरले विकासको पुर्वाधारमा सबैभन्दा ठुलो भूमिका रहन्छ त्यसैले व्यवसायी र विभाग सिमेन्टको गुणस्तर कायम गर्न हातेमालो गर्नुपर्छ ।’ कार्यक्रममा उधोग परिसँघका अदक्ष सतिसकुमार मोरले सिमेन्ट उधोगहरु जिम्वेवार बन्दै गएको बताए । त्यस्तै अवार्ड विजेता शिवम सिमेन्टसका अदक्ष सुरेन्द्र कुमार गोएलले आफुहरु सधै गुणस्तरिय उत्पादनमा लागीपर्ने वताए ।
प्रतिक्रिया