अनिवार्य अवकाशका लागि निजामती कर्मचारीको उमेरहद बढ्यो

६ बर्ष अगाडि

काठमाडौं – निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाइएको छ । 

यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था थियो । अनिवार्य अवकाशको उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पु¥याइएको हो ।

बिहीबार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हदबारे सहमति जुटेको हो । 

संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्न सदस्यहरु सहमत भएका हुन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया