पाँचथर पावर कम्पनीको नाफा उत्साहजनक, पहिलो त्रैमासमै ७ करोड नाफा

६ बर्ष अगाडि

पाँचथर पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको चौँथो त्रैमाससम्म १२ करोड ६ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उत्साहजनक सुधार गरेको हो ।

कम्पनीले विद्युत विक्री मार्फत १६ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ भने मुनाफामा उच्च सुधार भएसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी वार्षिक ३१ रुपैयाँ ०४ पैसा पुगेको छ ।

यस अवधीमा कम्पनीले औसत भन्दा ज्यादा विद्युत उत्पादन भई विद्युत बिक्रीबाट हुने आम्दानी बढेकाले मुनाफामा वृद्धि भएको जनाएको छ ।

९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजीरहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने  ८४ रुपैयाँ ५२ पैसा मात्र छ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया