२२ प्रतिशत लाभांश दिदैँ हिमालयन बैंक

६ बर्ष अगाडि

हिमालयन बैंकले शेयरधनीलाई २२ प्रतिशत लाभांश घोषणा गरेको छ।

यो अघिल्लो आर्थिक वर्षमा १६ प्रतिशत मात्र लाभांश दिएको बैंकले ६ प्रतिशत बढाएर  २२ प्रतिशत लाभांश दिन लागेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १२ प्रतिशत नगद लाभांश दिनेछ ।

यसैगरि ८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ पुगेको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया