एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

६ बर्ष अगाडि

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्रअन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सकिने छ  । 

एनसेल प्राईभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’अफर संचालनमा ल्याएको छ । यस अन्तर्गत ग्राकहले कर बाहेक प्रतिमिनेट रु १ को दरमा देश भित्रको सम्पुर्ण नेटवर्कमा कल गर्न सकिने छ । 

यो अफर बाहेक विद्यमान शुल्कअनुसार एनसेलका ग्राहकले अन्य सेवाप्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रतिमिनेट रु १.९९ लाग्ने जनाएको छ  ।  

यो अल नेट भ्वाइस प्याकमंगलबार (कार्तिक २६) देखि संचालनमाआएको छ । यस प्याकअन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम (देशकाअन्यकुनै पनि टेलिकम सेवाप्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक रु २० (कर सहित रु २५.५४) मा लिन सकिन्छ । यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याईएको यो पहिलो पटक हो ।

यो प्याक सुचारु गर्नचाहने एनसेलकाग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स७ह्यास डायल गर्न सक्छन् । प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ । 

यो प्याकले ग्राकहलाई थप मुल्य प्रदान गर्ने र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर माघ २६ गते सम्म संचालनमा रहने छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया