अब इमेलबाटै श्रम स्वीकृतिअब  इमेलबाटै श्रम स्वीकृति

६ बर्ष अगाडि

नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा वैदेशिक रोजगार विभागबाट पाउने श्रम स्वीकृतिको स्टीकर अब इमेलमार्फत नै पाउने भएका छन् । 

उक्त विभागले मंगलवारदेखि कामदारलाई राहदानी (पासपोर्ट) मा टाँस्ने स्टीकरको सट्टा ई–स्टीकर दिन शुरू गरेको छ, जसअनुसार कामदारले आफ्नो इमेलमार्फत नै श्रम स्वीकृतिको स्टीकर पाउने भएका हुन् । योसँगै वैदेशिक रोजगारीको श्रम स्वीकृति लिँदा पासपोर्टमा स्टीकर टाँस्ने प्रचलनको अन्त्य भएको छ ।

कामदारले इमेलमार्फत प्राप्त हुने इ–स्टीकर प्रिन्ट गरेर वा मोबाइलमै राखेर त्रिभुवन विमानस्थलको अध्यागमन लगायतका आवश्यक ठाउँमा देखाउन सक्नेछन्। साथै, कामदारले श्रम स्वीकृतिका लागि श्रम कार्यालयमा एकपटक मात्र पासपोर्ट बुझाए हुने भएको छ ।

आर्थिक अभियान दैनिकबाट

६ बर्ष अगाडि

प्रतिक्रिया