राससकर्मी सम्मानित

६ बर्ष अगाडि

राष्ट्रिय समाचार समिति ९रासस० का बेझाड र रामपुर समाचारदाता सुशीला रेग्मी र पवित्रा घिमिरे सम्मानित भएका छन् । 

पाल्पाको रामपुरमा सञ्चालनमा रहेको सामुदायिक रेडियो रामपुरको ११ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार उनीहरु सम्मानित भएका हुन ।

प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनाल र रेडियो सञ्चालक समितिका अध्यक्ष बासुदेव देवकोटाले संयुक्त रुपमा उनीहरुलाई सम्मानपत्रद्वारा सम्मान गरेका छन् । 

यसैगरी कार्यक्रममा रेडियोका संस्थापक, पत्रकार, कर्मचारी, विज्ञापनदाता, कार्यक्रम प्रायोजकलगायत २७ जनालाई पनि सम्मान गरिएको छ । 

सो अवसरमा प्रदेशसभा सदस्य खनालले रेडियोले कालीगण्डकीबेँसी क्षेत्रका नागरिकलाई रेडियोको माध्यमबाट सही सूचनाको पहुँच पु¥याउन सफल भएको बताए ।

गाउँघरका खबर रेडियोको माध्यमबाट जनतालाई सुसूचित बनाएको बताउँदै उहाँले यसले समुदायको विकासमा ठूलो भूमिका खेलेको उल्लेख गरे । 

कालीगण्डकीबेँसीमा पहिलो सञ्चारमाध्यमका रुपमा विसं २०६५ मा स्थापना भई सञ्चालनमा आएको यो सामुदायिक रेडियोको नौ सयभन्दा बढी आजीवन सदस्य र विशिष्ट आजीवन सदस्य रहेका छन् । 

आफ्नै दुई तलाको पक्की भवनमा सञ्चालित यो रेडियोले आफ्नो ११औँ वार्षिकोत्सवको अवसरमा सोमबार रामपुरको पर्यटकीयस्थल तालपोखरा परिसरमा सरसफाइ कार्यक्रम गरेको थियो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया