अब तरकारी तथा फलफूलको विषादी परीक्षणका लागि उच्च प्रविधियुक्त प्रयोगशाला निर्माण हुने भएको छ ।
उक्त प्रयोगशाला निमार्णका लागी अर्थ मन्त्रालयले १५ करोड रुपैयाँ स्वीकृत गरेको हो।
विराटनगर, हेटौंडा र भैरहवा गरी तीन स्थानमा प्रयोगशाला निर्माण गर्न कृषि तथा पशुपनछी विकास मन्त्रालयले उक्त रकम माग गरेको थियो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विषादी परीक्षण गरेपछि मात्रै नाकाबाट तरकारी तथा फलफल भित्र्याउने निर्णय गरे पनि सीमा नाकामा विषादी परीक्षणको व्यवस्था नहुनुका साथै रोकिएका तरकारी तथा फलफूललाई नाका खुला गर्न भारतको दबाब आएपछि सरकार निर्णय कार्यान्वयनबाट पछि हटेको थियो।
आर्थिक अभियान दैनिक
प्रतिक्रिया