ग्यास सिलिण्डर लिक भएर विस्फोट हुँदा बाँकेमा एकजना घाइते भएका छन्।
कोहलपुर नगरपालिका ११, न्यूरोडस्थित गोलपार्क नजिकै ग्यास चुल्होको पाइप लिक भएर विस्फोट हुँदा घरधनी ५० वर्षीय चुडामणी शर्मा घाइते भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जानकारी दिएको छ।
दिउँसो करिब ३ बजे ग्यास विस्फोट हुँदा शर्माको हात, टाउको र कपाल जलेको छ।
घाइते शर्माको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा सामान्य उपचारपछि थप उपचारका लाग भेरी अस्पताल, नेपालगन्जमा रिफर गरिएको अस्पताललाई उद्धृत् गर्दै कोहलपुर प्रहरीले जनाएको छ।
शर्माको दुईतले घरको माथिल्लो तलामा रहेका भान्सा कोठामा रहेको ग्यास सिलिण्डर विस्फोट भएको हो। विस्फोटबाट घरमा ठूलो क्षति पुगेको छ ।
प्रतिक्रिया