बंगलादेशमा रेल दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। मंगलवार चित्तगोङबाट आएको रेल र ढाकाबाट आएको रेल ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएको बताइएको छ।
रेलमा रहेका मोहम्मद मोस्लेमले रोयर्टससँग भने, जब म रेलबाट बाहिर आएँ। तब धेरै मानिसको शरीरका अंग छुट्टिएको देखें। हामी मृत्युको नजिक थियौं। तर अल्लाहले हामी सबैलाई बचाए।
दुवै रेल एकै रेल ट्रयाक्मा आएका कारण दुर्घटना भएको र सो समयमा धेरैजसो यात्रु निदाइरहेको अधिकारीहरुले बताएका छन्। दुवै रेल एकै ट्रयाकमा आउनुको कारण बारे अनुसन्धान भइरहेको छ।
दुर्घटनास्थलमा उद्धारटोली परिचालन गरिएको छ। चिकित्सकहरुले दुर्घटनास्थलमा घाइतेहरुको उपचार गरिरहेको स्थानीय संचार माध्यमले जनाएका छन्।
प्रधानमन्त्री शेख हसिनाले दुर्घटना प्रति दुस्ख जनाउँदै पीडितहरुलाई सहयोग गर्ने घोषणा गरेकी छिन्।
प्रतिक्रिया