भारतीय नागरीकद्वारा नेपाली प्रहरी चौकीमा बम बिष्फोट, प्रहरी घाईते

६ बर्ष अगाडि

भारतीय सिमानासँग जोडिएको रौतहटको इशनाथ नगरपालिकामा रहेको मथिया प्रहरी चौकीमा बम बिस्फोट भएको छ ।  भारतीय सिमानाबाट ३ सय मिटरको दुरीमा रहेको प्रहरी चौकीलाई लक्षित गरी मोटरसाइकलमा आएका दुईजनाले सुतली बम प्रहार गरेका थिए । 

भारतीय नम्बर प्लेटको मोटरसाइलमा चढेर आएका उनीहरुले प्रहरी कार्यालयमै बम प्रहार गर्दा कार्यलयमा रहेका एकजना प्रहरी जवान घाइते भएका छन् । उनको नाम खुल्न सकेको छैन ।  बम प्रहार गरी भारततर्फ भाग्दै गर्दा स्थानीय बासिन्दाले उनीहरुलाई नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएका उनीहरुहरुलाई प्रहरीको जिम्मा लगाइएको छ । 

जिल्ला प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले घटनाको पुष्टी गर्दै विस्तृत जानकारी आउन बाँकी रहेको बताएका छन् ।  बम पड्काउने दुबै भारतीय नागरिक भएको बताइएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया