कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भेटमा अनसनरत गोविन्द केसीको माग सम्बोधन गर्न देउवाले ओलीको ध्यानाकर्षण गराएको बताइएको छ ।
भेटका क्रममा देउवाले केसीसँग तत्काल वार्ता गरेर माग पूरा गरी उनको जीवन रक्षा गर्नु सरकारको कर्तव्य रहेकोबारे प्रधानमन्त्रीलाई सचेत गराएको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।
सभापति देउवाले आफ्नो नेतृत्वमा रहेको नेपाली कांग्रेसको सरकारले केसीको मागलाई सुनुवाई गरेर माथेमा उच्चस्तरीय कार्यदलको आधारमा जनभावना अनुरुप जारी गरेको अध्याधेशलाई हुबहु विधेयकको रुपमा ल्याउनु अहिलेको समाधान हुने धारणा पनि राखेको पौड्यालले जानकारी दिए ।
प्रतिक्रिया