पछिल्लो समय नेपालमा उद्योग स्थापना गर्न चिनियाँ लगानीकर्ताहरुलाई विशेष चासो राखेका छन् । चालू आर्थिक वर्षको करिब चार महिनामा चिनियाँ लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रमा दश अर्ब ५८ करोड ६० लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
उद्योग विभागका अनुसनर करिब चार महिनाको समयमा ७१ वटा उद्योग स्थापना गर्ने भन्दै चिनियाँ लगानीकर्ताहरुले दश अर्ब ५८ करोड ६० लाख रुपैयाँ नेपालको उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता जनाएका हुन् ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुरुप चालू आवको करिब चार महिनामा विश्वभरबाट आठवटा मुलुकका लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रमा १४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ लगानी गर्न चाहने छन् ।
प्रतिबद्धताअनुसार काम भए ८३ वटा उद्योग स्थापना हुनेछ भने चार हजार छ सय ११ जनाले रोजगारी पाउनेछन् । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया