काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा लक्ष्मी बैंक र प्राइम कमर्सियल बैंकले नाफा बढाएका छन ।
लक्ष्मी बैंकले तीन महिनामा ३२ प्रतिशतले नाफा बढाएको छ । तीन महिनाको अवधिमा बैंकले रु ४० करोड १९ लाख नाफा गरेको छ । गत वर्षको यही अवधिमा बेंकले रु ३० करोड ३० लाख थियो ।
यस्तै खुद व्याज आम्दानी १६ प्रतिशतले बढेर रु ८६ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । तीन महिनाको अवधिमा रु ८२ अर्ब २० करोड निक्षेप संकलन गरी रु ७८ अर्ब १९ करोड ऋण लगानी गरेको छ ।
चुक्ता पूँजी रु ८ अर्ब ९२ करोड छ भने जगेडामा रु दुई अर्ब २४ करोड जम्मा गरेको छ ।
प्राइम बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमाशको तुलनामा १३।३७ प्रतिशतले नाफा सुधार गरेको छ । बैंकले तीन महिनाको अवधिमा रु ६५ करोड ९७ लाख नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा रु ५८ करोड १९ लाख थियो ।
प्रतिक्रिया