पत्रकार गेलाङका परिवारलाई दुर्घटना बिमा

६ बर्ष अगाडि

गत जेठ २९ गते गाडीको ठक्करबाट नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक÷सम्पादक स्व नन्दबहादुर गेलाङका परिवारलाई दुर्घटना बीमा प्रदान गरिएको छ ।
 
कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित ‘पत्रकार दुर्घटना बिमा चेक हस्तान्तरण’ कार्यक्रममा स्व पत्रकार गेलाङकी धर्मपत्नी टीका गेलाङलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले संयुक्तरूपमा रु दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेका हुन।

दुर्घटना बिमास्वरुपको उक्त रकम राष्ट्रिय बिमा कम्पनीले उपलब्ध गराएको थियो । कानूनमन्त्री भण्डारीले समाज विकासका क्रममा अहोरात्र खट्ने कर्णालीका पत्रकार तथा आश्रित परिवारको पीडामा मल्हम लगाउने हेतुले श्रमजीवी पत्रकारका लागि जनही रु तीन लाखको दुर्घटना बिमा गरिएको बताए। “आश्रित परिवारका लागि रु दुई लाख ५० हजार ठूलो रकम होइन”, उनले भने, “यद्यपि सानो राशि भए पनि प्रदेश सरकारले पीडामा मल्हम लगाउने प्रयास गरेको छ ।”

पत्रकारहरुका साथै प्रदेश सरकारले यहाँका १७ लाख ७० हजार नागरिकको विपद् जोखिमलाई ध्यानमा राखेर दुर्घटना बिमा कार्यक्रम अघि बढाइएको उनले बताए। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कर्णाली प्रदेश सरकारले मुलुकमा भिन्न काम गरेको प्रतिक्रिया दिए । बिमा कम्पनीका शाखा प्रमुख तोर्ण सुवेदीले कर्णालीका २८७ पत्रकारको रु तीन लाखको दुर्घटना बिमा गरिएको बताए । उनले यसअघि स्व पत्रकारको कीरिया खर्चवापत रु ५० हजार प्रदान गरिएको समेत जानकारी दिनुभयोए ।

६ बर्ष अगाडि

प्रतिक्रिया