उत्तरबाट दक्षिण बग्ने नदीमा पानी जहाज सञ्चालन गर्न समस्या, कम्तीमा पनि दुई मिटर गहिराई आवश्यक

७ बर्ष अगाडि

काठमाडौँ, नेपालमा अधिकाशं नदीहरु उत्तरबाट दक्षिणबाट बहने  भएकाले पानीको सतह एकै नाशको नहुने भएकाले पानी जहाज चलाउन समस्या हुने देखिएको छ ।

नदीमा पानी जहाज चलाउनका लागि कम्तीमा पनि दुई मिटरको गहिराई आवश्यक रहन्छ ।

पानी जहाज सञ्चालनमा लागि निश्चित गहिराई जरुरी रहने भएकाले त्यसको व्यवस्थापन नै सबैभन्दा जटिल रहेको छ ।

नेपाल र भारतका अधिकारीहरुको संयुक्त बैठकमा सहभागी एक अधिकारीकाअनुसार कोशी नदीमा भारतले निर्माण गरेको सिंचाईको नहरमा नै पानी जहाज चलाउन सकिन्छ वा अरु कुनै उपाय अपनाउने भन्ने बारेमा स्थलगत अध्ययन गरेपछि  मात्रै पत्ता लाग्ने छ ।

नारायणी र कोशीमा बाटर च्यानट बनाएर पानी जहाज सञ्चालन गर्न सकिने र त्यसमा भारत सरकारले सहयोग गर्ने बचन दिएको छ ।

बैठकमा सहभागी जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासेकाअनुसार  जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्‍त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नेपाल तथा भारतबीच जारी संयुक्त वक्तव्यमा उल्लेखित ‘इनल्याण्ड वाटर वे कनेक्टिभिटी’ सम्बन्धमा छलफल केन्द्रीत भएको हो ।

भारतको कोलकत्ताबाट वाराणसीसम्मको एक हजार ४०० किमी लम्बाइमा जल यातायात सञ्चालनमा आइरहेको छ ।

गण्डक (एनडब्लु (३७) (नेपालका नारायणी) तथा कोशी नदी (एनडब्लु ५८) मा जल यातायातको सम्भावना देखिएको छ ।

नारायणी र कोशीमार्फत गंगा नदीसँगै जोडिँदै भारतको हल्दिया हुँदै बंगलादेश र अन्य मुलुहरुसँग जोडिने प्रचुर सम्भावना रहेको छ । तर नदीमा च्यानल निर्माणलाई विशेष प्राथमिकतामा दिनुपर्ने देखिएको छ ।

भारतको गंगा नदीमा हाल निर्माणाधीन कोलकता हल्दिया (वाराणशी जलमार्ग खण्डको अध्ययन भ्रमण गर्ने तथा यससम्बन्धी थप अनुभव हासिल गर्ने र भारतीय पक्षको विशेषज्ञ सम्मिलित प्राविधिक टोलीबाट नेपालतर्फ कोशी तथा नारायणी नदीमा जल यातायातको स्थलगत अध्ययन गरी दुवै पक्षबीच छलफल गर्ने सहमति भएको सहसचिव बेल्बासेले जानकारी दिए ।

नेपाल तथा भारतबीच जल यातायात विकासको विधि र मोडालिटी सम्बन्धमा पनि वार्ताका क्रममा छलफल भएको थियो । भारतीय पक्षबाट नेपाललाई आवश्‍यक पर्ने जनशक्तिलाई तालीम तथा संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्‍यक सहयोग गर्न सकिनेसमेत सहमति भएको जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया