ज्ञापन पत्र बुझाउन भारतीय दुतावास जानलागेका विप्लव समुहका सात जना पक्राउ

६ बर्ष अगाडि

भारतले जारी गरेको नयाँ नक्साको विरोधमा भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका नेत्रविक्रम चन्द विप्लव समूहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । 

त्रिचन्द्र कलेज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
कार्यक्रम सुरु हुनु अघि नै शंकास्पद भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित समूह भएका कारण प्रहरीले विप्लव समूहका नेता(कार्यकर्तालाई पक्राउ गर्दै आएको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर आफ्नो भूभागमा पारेको नक्सा सार्वजनिक गरेपछि नेपालभर विरोध प्रदर्शन भइरहेको छ । 

यसअघि आइतबार प्रहरीले विप्लव समूहमा आवद्ध ४२ जना विद्यार्थीहरुलाई पक्राउ गरेको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया