बन्धक बनाइ अस्लिल भिडियो बनाउने अपहरणकारी पक्राउ

६ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय तुलसीपुरले अपहरणकारीलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर गरेको छ।

तुलसीपुर उपमहागरपालिका वडा नं.३ खमारीका अपहरणकारी १९ वर्षीय विमल वली, नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्रीलाई नियन्त्रणमा लिन दुई राउन्ड फायर गर्नु परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिए ।

गत शनिबार उनीहरुले मोटरसाइकलमा फर्कदै गरेका एक युवा र युवतीलाई बन्धक बनाइ अस्लिल भिडियो समेत बनाएका थिए। सो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै रकमका लागि धम्की दिँदै आएका थिए।

गत शनिबार दिउँसो साढे ३ बजेतिर रा ४ प ६०८३ नम्बरको मोटरसाइकलमा तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ खमारीस्थित चमेरे गुफाबाट फर्किँदै गर्दा उनीरुलाई स्थानीय युवाहरुले बन्धक बनाएका हुन्।

अस्लिल भिडियो बनाएपछि ५ लाख रुपैयाँ नदिए सार्वजनिक गरिदिने भन्दै धम्की दिँदै आएका थिए। डिएसपी योगीका अनुसार पक्राउ परेका तीन जना र फरार दुई जना समेत गरी ५ जना युवाले अपहरणपछि सडक खण्डदेखि ५० मिटर माथि टाकुरामा लगी कुटपिट गरेका थिए।

विहान साढे ७ बजे तिर प्रहरीले दुई राउन्ड गोली फायर गरेर उनीहरुलाई पक्राउ गर्न सफल भएता पनि घटनामा संलग्न मध्य २३ वर्षीय इश्वर पुन र २० वर्षीय अर्जुन पुन फरार रहेको योगीले जानकारी दिए। उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया