बझाङको केदारस्यु गाउँपालिकाले जग्गा प्राप्तिको लागि एक स्थानीय तहले काठमाडौंको पत्रिकामा सूचना निकालेर अनावस्यक खर्च गरेको छ ।
देउरा बजारमा गाउँकार्यपालिका र रायल प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि १६ रोपनी जग्गा प्राप्ति गर्न काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकामा सूचना प्रकासित गरेर अनावस्यक खर्च गरेको हो।
दुई वटा कार्यालयको लागि कम्तिमा ८/८ रोपनीका दरले जग्गा निःशुल्क दिन चाहनेले वा बेच्न चाहनेले ३० दिनभित्र निवेदन दिन आह्वान गरिएको छ ।
गाउँपालिकाले ति भवनको लागि ५० लाख सम्मको जग्गा खरिद गर्ने निर्णय गरेकोले सोही प्रयोजनका लागि सूचना प्रकाशित गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर भण्डारीले बताए ।
गाउँपालिका अध्यक्ष भण्डारी र प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले अनावस्यक रुपमा सूचनामा खर्च गरेको भन्दै वडाध्यक्षहरु र कर्मचारीले समेत बिरोध गरेका छन् ।
तर अधिकृत कुशवाहाले भने जग्गा प्राप्ति ऐन २०३४ अनुसार व्यक्तिगत चिनजानको व्यक्तिलाई रु ५० हजार सम्मको सूचना प्रकाशित गर्न जिम्मा दिएको बताए ।
‘जग्गा प्राप्ति ऐन अनुसार मैले चिनेको साथी प्रकाश खरेलको विज्ञापन एजेन्सीमार्फत ४०/५० हजारको सूचना छपाएको छु ’, उनले भने ।
कर्मचारीहरूका अनुसार अधिकृत कुशवाहले हरेक सूचनाकाे ५० प्रतिशत कमिसन लिन्छन् ।
तर जग्गा प्राप्ति ऐनमा कुशवाहाले भनेजस्तो स्थानीय तहले जग्गा निःशुल्क वा सःशुल्क जग्गा माग्नको लागि सूचना प्रकाशित गर्नुपर्ने कुनै व्यवस्था छैन ।

प्रतिक्रिया