हरि–अभिनव विद्वत् पुरस्कार रमा शर्मालाई

६ बर्ष अगाडि

विशिष्ट साहित्यकार तथा शिक्षासेवी रमा शर्मालाई यस वर्षको ज्योतिष हरिप्रसाद घिमिरेको नाममा स्थापित हरि–अभिनव विद्वत् पुरस्कार प्रदान गरिने भएको छ । 

अभिनव साहित्य समाजले प्रत्येक वर्ष कात्तिक महिनामा वितरण गर्दै आएको रु तीस हजार राशि र ताम्रपत्रसहितको सो  पुरस्कार यही कात्तिक ३० गते शनिबार वितरण गरिने समाजका अध्यक्ष साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले राससलाई जानकारी दिनुभयो । 

उहाँले पिता हरिप्रसादको स्मृतिमा सो पुरस्कार  स्थापना गर्नुभएको हो । उक्त समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा साहित्यिक गोष्ठी आयोजना गर्दै आएकामा त्यस दिन पनि  कवि गोष्ठी गर्ने जनाइएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया