ग्लोबल आईएमईसँग मर्ज हुन लागेको जनता बैंकले कमायो तीन महिनामा ३६ करोड नाफा

६ बर्ष अगाडि

काठमाडौं – ग्लोबल आइएमई बैंकसँग मर्ज हुन लागेकोे जनता बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रु ३६ करोड ६९ लाख नाफा कमाएको छ ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६\७७ को पहिलो त्रैमासिक विवरण अनुसार अघिल्लो वर्षको सोही अवधीको तुलनामा १३ दशमलव ७९ प्रतिशतले नाफा बढाएको हो ।

अघिल्लो  वर्षको पहिलो त्रैमासिक अवधीमा जनता बैंकको नाफा रु  ३२ करोड १९ लाख थियो ।

पहिलो त्रैमासिक अवधीको नाफा अनुसार बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा रु १८ करोड ५३ लाख रहेको छ ।

ग्लोबल आइएमई बैंकले रु ७५ करोड ४६ लाख नाफा गरेको थियो । दुईवटा बैंक मर्जरमा जान लागेका छन । एकीकृत गर्दा नाफा पहिलो त्रैमासमा नै रु १ अर्ब १२ करोड हुन्छ ।

जनता बैंकमा असोज मसान्तमा रु ७५ अर्ब ३ करोड निक्षेप रहेको छ भने कर्जा रु ६८ अर्ब ५९ करोड रहेको छ ।

कूल रु ८ अर्ब चुक्ता पूँजी भएको जनता बैंकको रिजर्बमा रु ३ अर्ब रहेको छ । बैंकको खराब कर्जा अनुपात १.३३ प्रतिशत रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया