काठमाडौं–उपत्यकामा जथाभावी सडक पार गर्ने ३९८१ जना पैदलयात्रुलाई हिजो ट्राफिक प्रहरीले सचेत गराएको छ ।
पैदलयात्रुको सुरक्षालाई मध्यनजर गरेर महानगरिय ट्राफिक प्रहरी महाशाखाले सडकमै सचेतना अभियान शुरु गरेको हो ।
ललितपुरको जावलाखेलमा हिजोबाट औपचारिक रुपमै सचेतना अभियानको सुरु गरिएको हो । आज पनि जथाभाबी बाटो काट्ने पैदल यात्रुलाई सम्झाउने कार्य भइरहेको छ । विशेष गरेर पिकआवरमा उपत्यकाकामा जथाभाबी बाटो काट्ने पैदल यात्रुलाई ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त टोलीले सडकमै सम्झाई बुझाई गर्ने गर्दछ ।
हिजोदेखि १० दिन सम्म चल्ने यस अभियानले पैदलयात्रुको सुरक्षामा महत्वपुर्ण भुमिका निर्वाह गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रतिक्रिया