सात दिनदेखि आमरण अनसारत डा. गोविन्द केसीको अवस्था जटिल बन्दै छ ।
विभिन्न माग राख्दै डडेलधुरा अस्पताल अगाडि एक निजी घरमा अनसन बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना गरिएको थियो ।
डाक्टहरुले उनको स्वस्थ्य अवस्था अझै विग्रिएको बताएका छन ।
ब्लड प्रेसर घट्दै गएको छ भने मुटुको चालमा वृद्धि भएको छ । यस्तै रगतमा अक्सिजनको मात्र घटेको छ । मिर्गौलामा समस्या देखिएको छ ।
तर अस्पतालमा आईसीयू, एबीजी सेवा तथा दक्ष जनशक्तिको अभाव रहेकाले डा. केसीलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।
प्रतिक्रिया