नेपालको गेस्ट हाउसमा पक्राउ परेका तीन भारतीय न्यायाधीस निलम्बीत

६ बर्ष अगाडि

नेपालको गेस्ट हाउसमा महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ परेका भारतीय तीन न्यायाधीसलाई भारतको सर्वोच्च अदालतले  निलम्बन गर्ने अनुमति दिएको छ । 
शुक्रबार सर्वोच्च अदालतले कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्तालाई निलम्बन गर्ने अनुमति दिएको हो। 

नेपाल प्रहरीले एक गेस्ट हाउसमा महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ परेका थिए। उनिहरु  सन् २०१३ मा नेपालमा  पक्राउ परेका थिए । पछि ती तीनै  जना न्यायाधीश भएको थाहा पाएपछि नेपाल प्रहरीले उनीहरूलाई छाडिदिएको थियो।

नेपाल प्रहरीले छाडेपनि एक स्थानीय दैनिकले उनीहरू पक्राउ परेको खबर छापेपछि उनीहरू भारतमा छानबिनमा परेका थिए। नेपालको  पटना उच्च अदालतले उनीहरूविरूद्ध छानबिन गरेको थियो। 
भारतमा भएको छानबिनमा उनीहरू तीनै जनाको मोबाइलमा आफ्नो कार्यक्षेत्रमा नभई नेपालको सीमा नजिकको भारतीय शहर फारबेसगन्ज को टावर देखिएको थियो।  फारबेसगन्ज विराटनगर नजिकैको भारतीय शहर हो।

६ बर्ष अगाडि

प्रतिक्रिया