एनआईबिएल एस क्यापिटल लिमिटेडको लालदरवार, काठमाडौंमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरि आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको कम्पनीले भविष्यमा अन्य प्रमुख शहरहरुमा शाखाहरु खोली सेवा विस्तार गर्दै जाने योवना रहेको जनाएको छ । यस कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैकका सबै शाखाहरु लगायत यस कम्पनीको पुतलिसडक, काठमाडौंस लगनखेल, ललितपुरस चिप्लेढुङ्गा, पोखरास विरगंजस विराटनगरस र बुटवल शाखाबाट विभिन्न सेवाहरु उपलव्ध रहेको क्यापिटलले जनाएको छ ।
यस शाखाबाट निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानी कोष अन्तर्गतका सेवाहरु सहित सम्पूर्ण सेवाहरु प्रदान गरिने हुनाले ग्राहकहरुलाई थप सहज हुने विश्वास लिईएको छ ।
प्रतिक्रिया