१५ हजार घुससहित सुव्बा पक्राउ

६ बर्ष अगाडि

काठमाडौँ – जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का १५ हजार घुससहित पक्राउ परेका छन् । 

 अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई ६० हजार घुस मागेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

अख्तियारका अनुसार ६० हजारबाट बार्गेनिङ सुरु गरेका उनले पछि १५ हजारमा सहमति गरेकोमा विशेष सूचनाका आधारमा अख्तियारको टोलीले मुसिकोट नगरपालिका वडा नं १ खलंगा स्थित, राप्ती होटल एण्ड लज अगाडिबाट पक्राउ गरेको हो ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया