लौहपुरुष तथा २०४६ सालका जनआन्दोलनका कमान्डर स्व गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ ।
स्व सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ र गणेशमान सिंह फाउन्डेशनको आयोजनामा आज शोभाभगवतीमा रहेको उहाँको सालिक माल्यार्पण गरिएको हो ।
काङ्ग्रेस नेता राजनकुमार केसीले प्रजातन्त्र सुदृढ गर्न स्व गणेशमानका आदर्शलाई व्यावहारिक रुपमा अनुसरण गर्नुपर्ने बताए । सोही पार्टीका जिल्लासभापति सबुज बानियाँले विवादित कम्युनिस्टलाई एक ठाउँमा ल्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
स्व सिंहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
प्रतिक्रिया