अकूत सम्पत्ति कमाउने १ सय ५० माथी सुक्ष्म अनुसन्धान गर्दै अख्तियार

६ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ५० जनाले अकूत सम्पत्ति कमाएको भन्दै आन्तरिक अनुसन्धान गरिरहेको भएपनि हालसम्म कुनै मुद्दा दर्ता गर्न सकेको छैन । 
अख्तियारले त्यि व्यक्तिहरु को हुन भन्ने जानकारी पनि खुलाएको छैन ।

यसबारे बुझ्न खोज्दा छानविनमा रहेका व्यक्तिको बारेमा बोल्न नमिल्ने भन्दै  अख्तियारका आधिकारिक पन्छिने गरेका छन।
थप तथ्य र प्रमाण जुटाउनु पर्ने भएकाले उनिहरुको बारेमा अहिले नै बोल्न नमिल्ने अधिकारीहरु वताउछन ।
विशेष गरी नापी विभाग, मातपोत कार्यालय, वैदेशिक रोजगार विभाग तथा बोर्ड, यातायात व्यवस्था कार्यालय तथा कर प्रशासनमा रहेका व्यक्तिको बारेमा अख्तियारले सुक्ष्म तवरले छानबिन गरिरहेको बुझिएको छ ।

भ्रष्टाचार र अनियमितता हेर्ने जिम्मा पाएको अख्तियार दुरुपयोग अनुसनधान आयोगले १५० जनाको अकूत सम्पत्ति कमाएको अभियोगमा आन्तरिक छानबिन गरिरहेको भएपनि हालसम्म कुनै मुद्दा दर्ता गर्न सकेको छैन ।

तर छानबनिमा रहेको भनिएका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनेतर्फ पनि हालसम्म कुनै प्रयास भएको छैन । नायब सुब्बा र खरिदरालाई रंगेहातको नाममा मात्रै पक्राउ गरेर
भ्रष्टाचारको मात्रा नघट्ने भन्दै चोतर्फी रुपमा अख्तियारको ध्यानकर्षण गराइदै आएको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया