भारतले नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेक आफ्नो नक्सामा राखेपछि त्यसबारे परामर्श गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएका छन्।
ओलीले शनिबार दिउँसो ४ बजे मुख्य राजनीतिक दलका नेताहरूसँगको बैठक डाकेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।
भारतको नयाँ नक्साबारे आफ्नो नक्साबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ। प्रतिपक्ष दलहरूले पनि त्यसबारे आफ्नो धारणा बताइरहेका छन्। भारतसँग समयअनुसार सम्बन्ध कसरी अघि बढाउने भन्नेबारे प्रधानमन्त्रीले सबै दलसँग परामर्श गर्नुहुनेछ, उनले भने।
बैठकमा सबै पार्टीकाक पूर्व परराष्ट्रमन्त्रीहरूसमेत आउने उनले बताए।
बिहीबार त्यसको जवाफ दिँदै भारतले नक्सामा भारतको सार्वभौम भूभाग समेटिएको र नेपालको सीमा परिवर्तन नगरिकएको जिकिर गरेको छ।
प्रतिक्रिया