नेपाल विद्युत प्राधिकरणले रघुपति जुट मिल्स प्रालिलाई पुरानो बिजुलीको बिल बक्यौतामा तिर्ने सुविधा दिएको छ। प्राधिकरणले ४४ किस्तामा बिल तिर्ने सुबिधा दिएको हो ।
जुट मिल्सले आफ्नो तिर्न बाँकी रहेको बिल रकम किस्ता बन्दीमा तिर्न पाउँ भन्दै कात्तिक ८ गते प्राधिकरणमा निवेदन दिएको थियो। प्राधिकरण गत १५ गते मिल्सको निवेदनमाथि छलफल गर्दै ४४ किस्तामा तिर्ने सुविधा दिएको हो।
मिल्सले ११ करोड ९० लाख ५५ हजार रुपैयाँ बराबरको बिल तिर्न बाकी छ ।
प्राधिकरणले जुट मिल्सलाई प्रति महिना २७ लाख पाँच हजार आठ सय रुपैयाँ किस्ता रकम तोकिदिएको छ।
महशुल संकलनको लागि सम्पूर्ण कार्यकारी अधिकार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिइएको छ।
प्रतिक्रिया