धादिङको थाक्रे गाउँपालिका–७ सातकिलोमा शुक्रबार ट्रकको ठक्करबाट पैदलयात्री घाइते भएका छन् ।
काठमाडौंबाट पोखरा जाँदै गरेको भारतीय नम्बरको ट्रकले रौटहटको चपुरका २० वर्षीय सुरेन्द्र थापालाई बिहान पौने ८ बजे ठक्कर दिएको थियो ।
घाइते थापालाई उपचारको लागि काठमाडौं ल्याइएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया