अदालतबाट सजाय पाएका फरार अभियुक्त पक्राउ

६ बर्ष अगाडि

आगलागी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक जना पक्राउ परेका छन् । जिल्ला अदालत सिरहाबाट ६ महिना कैद सजाय पाएर फरार रहेको सिरहाको मिर्चैया नगरपालिका–७ का २३ वर्षीय ऋषिकेश साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

अदालतको फैसला लगतै फरार रहेका साहलाई आफ्नै घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

यस्तै गाँजा फँडानी अभियान शुरु गरेको सिरहा प्रहरीले हिजो साँझ जिल्लाको धनगढीमाई नगरपालिका– १२ मा स्थानीयवासीहरूले करीब दुई बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ । 

इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको टोलीले स्थानीयवासीले खेतबारीमा लगाएको दुई हजार १५० बोट गाँजाको बिरुवा फँडानी गरेको प्रहरीले जनाएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया