भारत-नेपालबीचको सीमानामा कुनै परिमार्जन नगरिएको भारतीय पक्षले दाबी गरेको छ ।
भारतको विदेश मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नभएको दाबी गरेको हो ।
नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले दाबी गरेका छन । उनले भने, नयाँ नक्साले कुनै
कुनै पनि हिसाबले भारत-नेपालको सीमा परिमार्जन गरेको संकेत गरेको छैन बरु हाम्रो नक्साले भारतको सार्वभौम भूमिमात्र देखाउँछ ।
उनले नेपाल र भारतबीच उच्चस्तरीय संयुक्त आयोगका बैठकहरूबाट दुई देशबीचका सीमा समस्या समाधान हुन बाँकी रहेको बताए ।
भारत र नेपाल दुवै पक्षबीच फाटो पैदा गराउने कसैको निहित स्वार्थबारे चनाखो रहनुपर्नेसमेत उनले बताए ।
प्रतिक्रिया