काठमाडौँ । महालेखा परिक्षणको प्रतिवेदनले नीति र कानन विपरित नेपाल वायु सेवा निगमले बाइड बडी जहाज किनेको उल्लेख छ । सो प्रतिवेदनलाई निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले ठाडै इन्कार गरिदिएका छन् । उनले आफूलाई कानुन भन्दा माथिको व्यक्तिको रुपमा समेत परिभाषित गर्दै हिडेका छन् । कानुन मिचेर खरिद गरिएको जहाज त काठमाडौँ आईपुगिसकेको छ । यस्तै अर्को जहाज आगामी तीन साता भित्र काठमाडौँ आइपुग्ने छ । दुवै बाइड बडी जहाजको मूल्य समेत अन्तर्राष्ट्रिय बजारको भन्दा करिब चार अर्ब बढी रहेको छ ।
सामान्यता एउटा जहाज खरिद गर्दा दश प्रतिशत कसिमन स्वतः नै प्राप्त हुन्छ । त्यो भनेको एउटा जहाजको मूल्य रु १२ अर्बको हिसाब गर्दा पनि करिब एक अर्ब २० करोड जति हुन जान्छ । यस्तै अर्को जहाज समेत थप्दा रु २ अर्ब ४० करोड जति त कसिमन नै आउने देखिन्छ । तर महाप्रबन्धक कसांकारले कमिसनको विषयमा केही नबोल्ने भन्दै चुपचाप बसेका छन् । उनले सो कमिसन केही शक्तिकेन्द्रलाई समेत बुझाएको चर्चा काठमाडौँमा हुने गरेको छ । उनले कमिसन वापत प्राप्त भएको रकम आरजु देउवादेखि रविन्द्र अधिकारीलाई समेत उपलब्ध गराएको निगम परिसरमा चर्चा हुने गरेको छ । कानुन मिचेर खरिद गरिएको जहाज समेत विचौलिया मार्फत खरिद गरिएको हो । अमेरिकन कम्पनी एएआरबाट खरिद गरिएको जहाज प्राविधिक रुपमा समेत के कति फिट छ भन्ने बारेमा समेत आशंका नै रहेको छ ।
पाइलट र व्यवसायिक कार्ययोजनाको अभावमा नेपाल वायु सेवा निगमले चीनबाट खरिद गरेर ल्याएको एम ए ६० जहाज उडन नसकेको लामो समय भयो । यस्तै अवस्था छ वाई १२ मोडेलको चिनियाँ जहाजको पनि । तर महाप्रबन्धक कसांकारले विदेशी पाइलट ल्याउने भन्दै हल्ला गरेर हिडेका छन् । नेपाल भित्र रहेका पाइलटलाई तलब दिन दाँतबाट पसिना निकाल्ने कसांकारले विदेशी पाइलटलाई भने मासिक रु १८ लाख तलब दिन तयार भएका छन् । निगमको खराब प्रवृत्तिका कारण उच्च क्षमता भएका पाइलटहरुले धमाधम जागिर छाड्दै हिडेका छन् । पाइलटअभावका कारण चिनियाँ जहाज थन्केको पनि लामै समय भयो । चीनबाट ल्याएको जहाज उडाउनका लागि पाइलट नभएको अवस्थामा जहाज ग्राउण्डेड भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमका जहाज थन्किइरहेको छ । तर निगमका महाप्रबन्धक भने पाइलट रहेको भन्दै दुनियाँलाई ढाटी रहेका छन् । निगमका लागि ११६ पाइलट आवश्यक पर्ने देखिएको छ ।
आगामी तीन साताभित्र आइपुग्ने अर्को एक वाइड बडी जहाजलाई समेत गरी त्यति संख्यामा पाइलट आवश्यक पर्नेछ । तर निगमसँग हाल ८ पाइलट मात्रै उपलब्ध छन् । थप २ पाइलट आवश्यक पर्ने भएकाले विदेशी पाइलट करारमा लिएर भए पनि सेवा दिने निगमको लक्ष्य रहेको बताउँदै आएको छ । यो सबै कमिसनको खेल भएको वायु सेवा निगमका जानकारहरुको भनाइ छ । कानुनी प्रावधान पूरा नगरेको, सुरक्षामा ध्यान नदिउको भन्दै आइकाओ जस्ता संस्थाले नेपाली जहाज तथा विमान कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । यस्तै यूरोपेली संघले पनि कालोसूचीमा राखेको छ । आइकाओको कालो सुचीबाट नेपाल हटेपनि यूरोपेली संघले भने हटाउन मानेको छैन । त्यसमा पनि हवाई माफियाको खेल रहेको छ ।
आन्तरिक उडानका लागि प्रतिपाइलट मासिक रु १२ लाख र अन्तर्राष्ट्रिय उडानका लागि रु १८ लाख तलब भत्ता उपलब्ध गराउनुपर्ने निगमको भनाइ छ । देशभित्रका पाइलट बेरोजगार भएर विदेशिरहेका बेला निगम भने विदेशी पाइलट ल्याउने योजनामा लागेको छ । उसले दुई वाइड बडी जहाजका लागि १२ पाइलट र १२ को पाइलट उपलब्ध गराउने प्रक्रिया शुरु भएको जनाएको छ । यस्तै केही महिनाभित्रै छ चालक र छ सहचालक पनि तयार हुने गरेको जनाएको छ ।
तर निगम भित्र बाहुन, थकाली समूहमा विभक्त रहेका पाइलटलाई मिलाएर लैजान महाप्रबन्धक कसांकार असफल भएका छन् । चिनियाँ विमान एमएम ६० को लागि चालक उपलब्ध रहेको बताइन्छ । तर जहाज सधै विमानस्थलमा थन्केर बसेको छ । सो जहाजको मात्रै मासिक रु तीन लाख बीमा शुल्क तिर्नु पर्दछ । स्पेयर पार्टसको अभाव पनि उस्तै रहेको छ । अर्को चिनियाँ जहाज वाइ १२ जहाजका लागि चार चालक उपलब्ध छन् भने ती जहाजको सहचालक निगम भित्रैदेखि व्यवस्थापन गर्ने तयारी रहेको जनाएको छ । तर पाइलट नभएर चिनियाँ जहाज उडन सकेको छैन ।
निगमको आन्तरिक गन्तव्यमा बजार खस्किएको छ । निगमको बजार तीन प्रतिशतमा सिमित भएको छ । निगमले नयाँ थपिएका जहाजले ११ गन्तव्यमा उडान गर्ने भएको छ । आगामी साउनको दोस्रो सातादेखि उडानमा आउने वाइड बडी जहाज तथा नियमित उडानमा रहेका न्यारो बडी जहाजले समेत ती गन्तव्यमा उडान गर्ने जनाएको छ । तर विजदेशी पाइलटलाई मासिक १८ लाख दिन तयार हुने निगमले स्वदेशी पाइलटलाई भने देश भित्र राख्न सकेको छैन ।
विदेशी पाइलटले जहाजको सुरक्षा तथा अन्य विषयमा के कस्तो काम गर्लान् भन्ने आशंका पनि रहेको छ । निगमले आन्तरिक बजार विस्तारका लागि पनि योजनाबद्ध प्रयास गर्ने भएको छ । निगमले दिइएको जानकारीअनुसार बजार हिस्सा बढाउने र आगामी दुई वर्षभित्र थप आठ विमान भित्र्याउने लक्ष्य लिएको छ । ती जहाज समेत नियम नपु¥याई खरिद गर्न लागिएको छ ।
प्रतिक्रिया