सरकारले शिक्षा नीति–२०७६ स्वीकृत गरेको छ ।
गत कार्तिक १८ गते बसेको मन्त्रिपरिषद बैठकले २१ बुँदे शिक्षा नीति स्वीकृत गरेको हो । यो नीति स्वीकृत भएसँगै स्थानीय तहहरुले समेत अव आवाश्यक्ताअनुसार शिक्षक नियुक्त गर्नसक्ने बाटो खुलेको छ ।
शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षा नीति स्वीकृत भएको जानकारी दिए ।
शिक्षा नीतिको १४ नम्बर बुँदामा विद्यालयहरुमा शिक्षक कमी हुने दीर्घकालीन समस्यालाई समाधान गर्न शिक्षक दरवन्दी पुनवितरण पनि शिक्षक नपुग भएमा प्रदेश सरकार तथा स्थानीय सरकारले आवश्यकताका आधारमा शिक्षक दरवन्दी मिलान गर्न सक्ने व्यवस्था मिलाइएको उल्लेख छ ।
त्यस्तै नीतिमा शैक्षिक संस्थाको गुणस्तर प्रत्यायन र प्रमाणीकरण प्रणाली लागू गरी शैक्षिक संस्थाहरुको गुणस्तर कायम गरिने व्यवस्था राखिएको छ ।
सरकारको नयाँ शिक्षा नीति कार्यान्वयनका लागि तीनै तहका सरकारको जिम्मेवारी समेत किटान गरिएको छ । नयाँ शिक्षा नीतिमा सवै विद्यालयमा योग्य तथा सक्षम विषयगत शिक्षकको व्यवस्थापन गर्दै उनीहरुको उत्प्रेरणा, पेशागत नैतिकता र क्षमता अभिवृद्धि गरिने उल्लेख छ ।
प्रतिक्रिया