टीएम ह्याकिङ प्रकरणमा पक्राउ गरेका ६ चिनियाँ नागरिक र ३ नेपाली पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौँको आदेशमा उनीहरु जेल चलान भएको महानरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ परेका तीन नेपालीको हकमा धरौटी माग गरेकोमा उनीहरु धरौटी बुझाउन नसकेपछि जेल चलान भएका हुन् ।
अदालतले मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछानेसँग तीस लाख धरौटी माग गरेको थियो भने अन्य दुई जनासँग जनही २५ लाख धरौटी माग गरेको थियो ।
चिनियाँ ह्याकरले बोकेको रकम साटेको आरोपमा उनीहरुलाई प्रहरीले भदौ १६ मा पक्राउ गरेको थियो ।
प्रतिक्रिया